५ जेठ २०८२, सोमवार,सिद्ध कुमाख गाउँपालिका उद्यम विकास शाखा ढोरचौर सल्यानको आयोजनामा वडा नं २ भडारेमा
कटाइ सिलाइ सिप विकास तालिमको समापन सोमबार गरियो छ ।

सिप सिकौँ, आत्मनिर्भर बनौः उद्यम गरौ, स्वरोजगार बनौँ” भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिका उद्यम विकास शाखा ढोरचौर सल्यानको आयोजनामा वडा नं २ भडारेमा संचालन भएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३० दिने कटाइ सिलाइ सिप विकास तालिमको समापन गरिएको छ ।



तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत गिरी, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको उपस्थिति रहेको थियो । तालिम समापन कार्यक्रममाको सभाध्यक्षता वडा नं २ का वडाअध्यक्ष मेक बहादुर बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रम को समापनमा सिलाई कटाई तालिम लिएर त्यसलाई व्यवसायीक रुपमा अंगालेमा छोटो समयमै आर्थिक समस्या समाधान हुने बताए। आयआर्जन हुने यस्ता तालिमले धेरैको जिवनस्तरमा परिवर्तन ल्याएको औल्याए।
सहभागिलाई राम्ररी तालिम लिन आग्रह गर्दै यसलाई जिवन परिवर्तनको माध्याम बनाउनुपर्नेमा जोड दिइन्। उनले सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गर्नु भयो ।



तालिमका सहभागिहरुलाई प्रमाणपत्र र सिलाइ मेसिन वितरण गरिएको छ ।