नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अधिवेशन बागचौर नगरपालिका ९ खोरबारेमा सम्पन्न भयो ।

अधिबेशन बाट लक्षमन डाँगि अध्यक्ष उपाअध्यक्षय हेम राज खडका र दिपेन्द्र डाँगि सचिव बिन्जामिन शाहि कोषाध्यक्ष सुरेन्द्र डाँगि सर्वसम्मत पदाधिकारी २३जना वडा कार्यसमिति चयनगरिएको छ ।

तरुण दलका क्षेत्रीय सभापति तथा प्रतिनिधि कमल चन्दले अधिवेशन हुन बाँकी वडा नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए ।

उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले जिल्ला अधिवेशन पनि चाँडै हुने जनाए ।



नेपाली कांगेसका बागचौर नगरपालिका ९ वडा सभापति झक्कु वलि , नेपाली काँगेसका युबा नेता झलक डाँगि , प्रदिप डाँगि युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैको उपस्थिति रहेको थियो ।