शारदा मेयर क्रिकेट कपका बिजेता खेलाडीहरुलाई बागचाैर नगरपालिकाले सम्मान गरेको छ ।
सल्यान खलंगामा वैशाख ६ गते देखि वैशाख १४ गते सम्म संचालन भएको दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप २०८२ क्रिकेट प्रतियोगितामा प्रथम भएर विजयी भएका बागचाैर नगरपालिकाका खेलाडीहरु, टिम कोच र टिम म्यानेजरलाई बागचाैर नगरपालिकाले सम्मान गरेको हो ।
आज बागचाैरमा सम्मान कार्यक्रमको आयोजना गरेर प्रमाण पत्र तथा दोसल्ला सहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बागचाैर नगरपालिकाका खेलाडीहरुले शारदा नगरपालिकाको घरेलु मैदानमा देखाएको खेलको उच्च प्रशंसा गर्दै यो जित खेलाडीहरुको मात्रै जित नभएर समग्र बागचाैर बासिको जित भएको उल्लेख गर्नुभयो । उहाँले शारदा मेयर कप क्रिकेट प्रतियोगितामा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने खेलाडीहरुलाई जनही ५ हजारका दरले केही दिनमै पुरस्कृत गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, बागचाैर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो
गत बर्ष फाइनलमा शारदा नगरपालिकालाई हराउँदै उपाधि विजेता बनेको बागचौर नगरपालिकाले यो बर्ष फाइनलमा कुमाख गाउँपालिकालई हराउँदै विजेता बनेको थियो । बागचाैरले गत बर्ष देखि यो बर्षको फाइनल खेल सम्म लगातार ९ खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।








