बागचौर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका १० पिपलनेटामा सम्पन्न भयो ।

अधिबेशन बाट धर्मा केसि अध्यक्षतामा सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् ।

उपाध्यक्षमा निराजन खड्का र ,सचिव राज गिरि १३ जना वडा कार्यसमिति चयनगरिएको छ ।

तरुण दलका क्षेत्रीय सभापति तथा प्रतिनिधि कमल चन्दले अधिवेशन हुन बाँकी वडा नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए ।

उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले जिल्ला अधिवेशन पनि चाँडै हुने जनाए ।

अधिबेशनमा प्रमुख अथिति नेपाली कांगेस बागचौर नगर कार्यसमिति सभापति वडा नं २ अध्यक्ष दिपेश डिसि बिशिस्ट अथिति नेपाली कांगेस जिल्ला सदस्य पबन केसि सानोठिमि क्याम्पस भक्तपुरका पुर्ब सचिब राम बहादुर केसि अथिति नेपाल विद्यार्थी सल्यान क्षेत्र नं १ सभापति अनमेश केसि , उपसभापति केशब चन्द, प्रेस युनियन सल्यान अध्यक्ष लोकमान चन्द नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैको उपस्थिति रहेको थियो ।

उक्त अधिबेशनको अध्यक्षता वडा तरुलदल सभापति ग्रेट गिरिले गरेका थिए ।