११ गते ,दार्मा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अधिवेशन दार्मागाउँपालिका वडा नं ६ को गोठिबनमा सम्पन्न भयो ।

अधिबेशन बाट गणेश रोका अध्यक्षतामा सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् ।
उपाध्यक्षमा शिब किक र सन्दिप बुढाथोकी ,सचिव अजय बिक र सन्दिप रोकाय सहसचिव मनोज बिक कोषाध्यक्षमा मिन राज केसि ३७ जना वडा कार्यसमिति चयनगरिएको छ ।

तरुण दलका क्षेत्रीय सभापति तथा बागचौर प्रतिनिधि कमल चन्दले अधिवेशन हुन बाँकी वडा नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए ।

उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले जिल्ला अधिवेशन पनि चाँडै हुने जनाए ।

अधिबेशनमा प्रमुख अथिति नेपाली कांगेस पुर्ब जिल्ला कार्यसमिति सहचिब रामचन्द्र केसि बिशिस्ट अथिति नेपाली कांग्रेस क्षेतिय प्रतिनिधि उषा हमाल चन्द दार्मा गाउँपालिका प्रतिनिधि कर्ण चन्द, नेपाल विद्यार्थी सल्यान क्षेत्र नं १ सभापति अनमेश केसि , उपसभापति केशब चन्द, प्रेस युनियन सल्यान अध्यक्ष लोकमान चन्द नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैको उपस्थिति रहेको थियो ।

उक्त अधिबेशनको अध्यक्षता सभापति निम रोकायले गरेका थिए ।