२० चैत, नेपाल लोकतान्त्रिक खेलकुद संघ छत्रेश्वरि गांउपालिका सल्यानको प्रथम अधिवेशन बुधवार दमाचौरमा सम्पन्न ।


अधिवेशन नेपाली कांग्रेस छत्रेश्वरी गाउँपालिका सभापति सीता के सी को प्रमुख आथित्यता, नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश कार्यसमिति सदस्य एवं अधिवेशन संयोजक द्रोण प्रकाश चन्द, नेपाली कांग्रेस प्रदेश सभा ख सल्यानका सदस्य राज कुमार वलीको विशिष्ट आथित्यता,वडा सभापतिहरु ,भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैमा उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सदस्य तिलक चन्दको अध्यक्षतामा शुरुभएको कार्यक्रम नेपाली कांग्रेस छत्रेश्वरी वडा नं ५ का वडा सभापति रुपलाल वलीद्वारा स्वागत मन्तव्य दिनुभयो र अधिवेशन बारे विशिष्ट अथिति द्रोण चन्दले प्रष्ट पार्नु भयो भने कार्यक्रम सञ्चालकको भुमिका नेपाली कांग्रेस छत्रेश्वरीका उपसभापति तथा वडा नं १ का वडाध्यक्ष प्रकाश हमालले गर्नु भएको थियो ।

अधिबेशनबाट दिपेश खडकाको अध्यक्षतामा १४ कार्यसमिति नयाँ चयन गरेको हो । सर्बसमित निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, सबल र उत्कृष्ट कार्यकालको शुभकामना दिनु भएको छ ।

यो पालिकाको अधिवेशन सँगै सल्यानका १० वटै पालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ।