चैत १८ ,नेपाल लोकतान्त्रिक खेलकुद संघ बनगाड कुपिन्डे नगरपालिका सल्यानको प्रथम अधिवेशन सोमबार सल्लिबजारमा सम्पन्न भएको छ।
अधिवेशनले हिरालाल परियारकोअध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सुरेश सिंह ठकुरी र सुस्मिता बुढाथोकी ,सचिव दिपेन्द्र शाही , सह सचिव दिपेन्द्र शाह , कोषाध्यक्ष उज्वल शाह , सदस्यहरु लक्ष्लि भण्डारी ,अरुण घर्तिमगर,रामकृष्ण पुरी , राम बहादुर बुढा ,तिलक सिंह ठकुरी ,सुदन सिंह ठकुरी ,तिलक बुढामंगर, मित्रलाल बस्नेत सर्बसमित निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, सबल र उत्कृष्ट कार्यकालको शुभकामना दिनु भएको छ ।
नेपाली कांग्रेस बनगाड कुपिन्डे नगरपालिका नेपाली कांग्रेस बनगाडकि नेतृ एवं नगर कार्यपालिका सदस्य सीता कुमारी साहुको प्रमुख प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस सल्यानका जिल्ला सदस्य टोप बहादुर भण्डारी, वडा नं १ का वडाध्यक्ष थुम बहादुर बिसी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पुर्व सदस्य युवा नेता दुर्गा खड्काको विशिष्ट आतिथ्यता रहकोे थियो। , नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैमा उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शाहुले खेलकुदले अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै देशको पहिचान खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा स्थापित भइसकेको बताए।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सदस्य तथा अधिवेशन संयोजक द्रोण प्रकाश चन्दको अध्यक्षतामा सुरुभएको कार्यक्रम नेपाली कांग्रेस बनगाडकि नेतृ भुमा बुढाथोकीद्वारा स्वागत मन्तव्य राख्दै कार्यक्रम सञ्चालकको भुमिका नेपाली कांग्रेस बनगाड नगर कार्यसमिति सचिब राम बहादुर बस्नेतले
गर्नुभएको थियो ।