१७ चैत, नेपाल लोकतान्त्रिक खेलकुद संघ कुमाख गाँउपालिका सल्यानको प्रथम अधिवेशन आईतबार कुमाखको रागेचौर सम्पन्न भएको छ।

अधिवेशनले सोभिलाल बस्नेत अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा जनक बुढाथोकी र ममता सुनार ,सचिव सन्तोष राना बिक, सह सचिव गोपाल राना , कोषाध्यक्ष चित्र जङ्ग शाही, सदस्यहरु रिता शाहि , कृष्ण डाँगि , जानकि वलि, तुल्सि बस्नेत ,रमेश रावल, मानदेब सुनार, मोहन राना सर्बसमित निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, सबल र उत्कृष्ट कार्यकालको शुभकामना दिनु भएको छ ।
नेपाली कांग्रेस कुमाख गाँउपालिका सभापति तथा वडा नं २अध्यक्ष ईश्वरी शाहि प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाली कांग्रेस पालिका उप सभापति बल बहादुर बुढाथोकी ,कुमाख गाउँपालिका वडा सभापति तथा ३नं वडा अध्यक्ष केवल रानाको विशिष्ट आतिथ्यता रहकोे थियो। , नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैमा उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ईश्वरी शाहिले खेलकुदले अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै देशको पहिचान खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा स्थापित भइसकेको बताए।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सदस्य तथा अधिवेशन संयोजक द्रोण प्रकाश चन्दको अध्यक्षतामा सुरुभएको कार्यक्रममा नेपाली कांग्रेस पालिका सचिव पोषण कुमार रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस ५ नं वडा सभापति चन्द बहादुर शाहिले गर्नुभएको थियो ।








