१४ चैत बिहिवार,
नेपाल लोकतान्त्रिक खेलकुद संघ दार्मा गांउपालिका सल्यानको प्रथम अधिवेशन बिहिबार फारुलामा सम्पन्न भएको छ।

अधिवेशन प्रमुख अथिति नेपाली कांग्रेस सल्यानका पुर्व सहसचिव एवं युवा नेता रामचन्द्र के. सी. बिशिस्ट अथिति नेपाली कांग्रेस दार्मागाउँ कार्यसमिति का. वा. सभापति खिम बहादुर रावत, अथिति, वडा सभापतिहरु ,भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैमा उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस दार्मा-१ का वडा सभापति रामजी देबकोटाले स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम संचालन नेपाली कांग्रेस दार्मा गाउँपालिकाका सचिव हरिकिरण बस्नेतले गरेका थिए भने कार्यक्रमको सभापति नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सदस्य एवं अधिवेशन संयोजक द्रोण प्रकाश चन्दको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ।

अधिवेशनले अध्यक्ष पदम केसि , उपाध्यक्ष महेश्वर शाही र भुमा बि क ,सचिव लोकेन्द्र बि क सहसचिव याम बहादुर बस्नेत , कोषाध्यक्ष मोहन रोका लगाएत १४ कार्यसमिति चयन गरेको छ ।
सर्बसमित निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, सबल र उत्कृष्ट कार्यकालको शुभकामना दिनु भएको छ ।
खेलकुद क्षेत्रको विकासले सामाजिक एकटा र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक देखिन्छ । खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब राज्य त्यसतर्फ गम्भीर बन्नु नै पर्दछ
खेलकुदले अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै देशको पहिचान खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा स्थापित भइसकेको बताए।









