चैत १० गते बागचौर ,नेपाल लोकतान्त्रिक खेलकुद संघ बागचौर नगरपालिका सल्यानको प्रथम अधिवेशन आईतबार बागचौरमा सम्पन्न भएको छ।
अधिवेशनले राजेन्द्र बिकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा बिबेक कराला र सिर्जना बस्नेत ,सचिव यक राज बिक, सह सचिव ज्ञानु थापा , कोषाध्यक्ष दिपक केसि ,८ सदस्य सर्बसमित निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, सबल र उत्कृष्ट कार्यकालको शुभकामना दिनु भएको छ ।

कार्यक्रमा बगचौर नगरपालिका वडा नं ११ वडा अध्यक्ष केश बहादुर भण्डारी , नेपाली कांगेसका युबा नेता किस्ण शाह , बागचौरका वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैमा उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दिपेश डिसिले खेलकुदले अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै देशको पहिचान खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा स्थापित भइसकेको बताए।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सदस्य तथा अधिवेशन संयोजक द्रोण प्रकाश चन्दको अध्यक्षतामा सुरुभएको कार्यक्रममा नेपाली कांग्रेस बागचौर नगरपालिका खेलकुद प्रशिक्षक दिपक पुनको स्वागत मन्तव्य राख्नुभएको थियो ।
भने कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस बागचौर नगर सचिव बुदि बोहराले गर्नुभएको थियो ।













