बागचाैर नगरपालिकामा ११५ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनायो ।
बागचाैर नगरपालिका महिला तथा बालबालिका शाखा र वास इकाईकाे संयुक्त आयोजनामा नगरपालिका कार्यालय र विभिन्नवडामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हाे ।
त्यो आन्दोलनको प्रेरणामा विश्वका विभिन्न मुलुकका महिलाहरूको २ वर्षपछि डेनमार्कको कोपेनहेगनमा सम्मेलन भयो। कोपेनहेगनसम्मेलनले गरेको निर्णय अनुसार सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालिएको हो।
सबै महिला तथा बालिकाकाे लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ यस वर्षकाे ११५ औं अन्तराष्ट्रियश्रमिक महिला दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको हाे ।
कार्यक्रममा नगर प्रमुख जनकराज गाैतमले नेपालमा लामो संर्घर्ष पछि जनप्रतिनिधिले बनाएको संविधान हाम्रो महत्त्वपूर्ण दस्ताबेजरहेको बताउनुभयो । यहीँ संविधानको कार्यान्वयनसँगै महिलाहरूले नेतृत्व लिएका उदाहरण हामीसामु रहेकाे उहाँको भनाइ छ ।नारीप्रतिको हेराइ, सोच र अधिकार प्राप्तिमा व्यापक अभियान चलाउन जरुरी छ जुन एकदिने दिवसले मात्र पूरा गर्न सक्दैन उहाँलेभन्नुभयो । नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने खालका सिपमूलक र सचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।नगर भित्र रहेका समस्याहरुलाई हल गर्नका निम्ति आफू तयार रहेको बताउँदै विकास निर्माणमा महिला आमा, दिदिबहिनी सँगै हातेमालोगरेर अगाडी बढ्ने नगर प्रमुख गाैतमले बताउनुभयो ।
आज १ सय १५औं अन्तर्राष्ट्रिय नारी दिवस, प्रेस फोर प्रोगेश भन्ने अन्तर्राष्ट्रिय नारासहित मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइएको छ।
दिवसको अवसरमा महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न संघ संस्थाले प्रभातफेरी, गोष्ठी र अन्तर्क्रिया गरेरमहिलामाथि भइरहेका हिंसा र विभेदमाथि बहस गरेका छन्।
कार्यक्रमको सहजिकरण वास एकाईका कर्माचारि कमल वलिले गरेका थिए ।