फागुन१९,बागचाैर नगरपालिकाकाे तेस्रो मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । तेस्रो मेयर कप खेलकुद प्रतियोगिताकाे उपाधि वडा नं. ३ जितेको छ ।

प्रतियोगितामा ७ स्वर्ण, १ रजत र १ कास्य पदक जितेर वडा नं. ३ ले प्रथम स्थान हासिल गरको हाे । त्यस्तै २ स्वर्ण, ३ रजत र ६ कास्य पदक सहित वडा नं.१२ दोस्रो भएको छ । भने २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित वडा नं. २ तेस्रो भएको छ ।

विभिन्न विधामा जित हासिल गरेका र उत्कृष्ठ बनेका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियाे । यस्तै मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वडा कार्यालय, विभिन्न विद्यालय, रेफ्रि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक लगायतलाई कदर पत्र तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियाे ।

फाल्गुन १४ देखि १९ गते सम्म संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्टका खेलहरुमा नगरपालिकाका १२ वटा भित्रका खेलाडीहरुले सहभागीता जनाएका थिए ।

प्रतियोगिताको समापन कार्यक्रमका सभाध्यक्ष बागचाैर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतमले गर्नुभएको थियोे । भने कार्यक्रमकाे सहजीकरण प्रेस सल्लाहकार सन्जीव देवकोटाले गर्नुभएको थियाे ।