रोल्पा,१८ फाल्गुन। रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बजारमा अवस्थित एक होटेलमा एक पुरुषको मृत भएको छ।

सुलिचौर स्थित थकाली होटेलमा अन्दाजी ३५/३६ वर्षको पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिको हालसम्म पनि पहिचान भएको छैन । घटना दिउँसो करिब ४ बजेको समयमा घटेको थियो।

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।