बिहीबार, १५ कात्तिक २०८१,

यमपञ्चक अन्तर्गत आज कुकुरलाई मिठा मिठा खानेकुरा दिएर, माला लगाएर कुकुरको पूजा गरिन्छ । शास्त्रमा कुकुरलाई यमराजको दूत तथा मानिसको सुरक्षाकर्मीको रूपमा हेरिन्छ । कुकुरको चर्चा धर्म शास्त्रमा पनि पटक पटक गरिएको छ । द्धापरपुगको अन्तमा महाभारतमा पाण्डवहरु स्वर्ग जाने बेलामा कुकुर पनि सँगै गएको चर्चा गरिएको छ । ऋग्वेदमा कुकुरले स्वर्गका राजा इन्द्रको हराएको वस्तु भेटाउन सहयोग गरेको कुरा उल्लेख गरिएको छ । 

कुकुरको पूजा गरिसकेपछि साँझमा धनधान्यकी देवी लक्ष्मीको विधि पूर्वक पूजा अर्चना गरिन्छ । शिवरात्रि, मोहरात्रि कालरात्रि भनिए झै आजको दिनलाई सुख रात्रि भनिन्छ । आजको दिन साँझमा दीपमालिका गर्ने अर्थात घरको वरिपरि दियो बालेर झिलिमिली पार्ने र रातमा लक्ष्मीको पूजा गरिन्छ । यस लेखमा लक्ष्मी पूजाको लागी आवश्यक सामाग्री तथा पूजा विधिको बारेमा चर्चा गरिएको छ ।