नेपाली कांग्रेस सल्यानले बिहीबार बागचौरमा दिपावलि शुभकामना आदानप्रदान तथा १०० दिने विशेष अभियान २०८१ शुरु गरेको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य .कान्तिका सेजवाल(ने.का केन्द्रिय सदस्य)को प्रमुख आथित्यता सभापतित्तो का.वा सभापति सन्तोष के.सीले गर्नुभएको थियो भने बिशेष अथितिको रुपमा नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका सह-महामन्त्री एकराज डाँगी गर्नु भएको हो ।

अभियानका प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य सेजवालको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन गरिएको थियो ।

एक सय दिने विशेष अभियानमा जिल्लाका ८३ वटा वडामै पुगेर कार्यक्रम गरिने भएको छ । त्यसका लागि जिल्ला कार्यसमितिले हरेक वडामा प्रतिनिधि खटाउने भएको छ । केन्द्रीय प्रतिनिधि सबै पालिकाका कार्यक्रममा सहभागी हुनेछन् । वडामा जिल्लाका प्रतिनिधि पुग्नेछन् । त्यसक्रममा कांग्रेसको विधान र नीति नियममा भएको व्यवस्थाका बारेमा छलफल चलाउने जनाइएको छ । क्रियाशील सदस्यता वितरण विवाद रहित बनाउन, कांग्रेसभित्रका गुट उपगुट अन्त्य गरी एकताबद्ध र बलियो कांग्रेस बनाउन अभियानले भुमिका खेल्नेछ । आपसी मनमुटाव, बैमनस्य, पार्टीप्रतिका असन्तुष्टि र सरकारबाट गरिएका अपेक्षा पनि संकलन गरिने कांग्रेसले जनाएको छ ।

ठूला पार्टी कांग्रेस एमाले बीचको गठबन्धनको सरकार र वर्तमान राजनीतिक अवस्थाका बरेमा पनि छलफल हुने भएको छ । कांग्रेस बनाउन सबैको भूमिका उत्तिकै हुने भएकाले सबै कांग्रेससँग भेटन लागिएको कांग्रेसले जनाएको छ ।



नेपाली कांग्रेस सल्यानका सचीव एक राज बुढाथोकी, सह सचिब जनक राज गौतम प्रदेश क्षेत्रीय कार्यसमिति “क सभापति सुरेश चन्द, बागचौर नगर सभापति दिपेश डिसि, महासमिति सदस्य, महाधिवेशन प्रनिनिधि, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापति, नेपाली कांग्रेस बागचौर नगरकार्य समितिका पदाधिकारी, सदस्यहरु, बागचौरबाट प्रतिनिधित्व गर्नुहुने माथिल्लो निकायका पार्टीका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यज्यूहरु, महाधिवेशन प्रतिनिधिज्यूहरु, ” नेपाली कांग्रेस तर्फबाट बागचौर नगरपालिका जननिर्बाचित जनप्रतिनिधि र वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको उपस्थितिको रहेकोे थियो ।


उक्त अवसरमा नेपाली कांग्रेस सल्यानका उप सभापति चक्र देबकोटाले स्वागत मन्तव्य राख्नु भएको थियोे भने । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस सल्यानका सचीव प्रकाश भण्डारीले गर्नु भएको थियोे ।