🌹मुक्तक प्रतियोगिता -२०८१🌹
निरन्तर साहित्यिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल “जून तारा साहित्य समाज”ले विभिन्न समयमा औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू गर्ने लक्ष्य बोकेर आएको छ।यसै सिलसिलालाई निरन्तरता दिई साहित्य क्षेत्रको विकासगर्दै विशेषत: नव श्रष्टाहरूलाई प्रोत्साहन तथा अग्रजहरूलाई सम्मान र पहिचान गराउनका लागि प्रतियोगितात्मक दसैँ प्रति समर्पित विषयमा आधारित मुक्तक प्रतियोगिताको आयोजना गरेको छौँ।कार्यक्रममा आएका प्रतियोगी मुक्तककार ज्यूहरूलाई सम्मान-पत्र प्रदान गरि प्रथम,द्वितीय,तृतीय र सान्त्वनालाई नगद पुरस्कार सहित प्रमाणपत्र दिइने छ भने उत्कृष्ट १० जनालाई सम्मान-पत्र दिएर सम्मानित गरिने छ
प्रथम रू.५००।-को रिचाज र प्रमाण पत्र
द्वितीय रू.३००।-को रिचार्ज र प्रमाण पत्र
तृतीय रू.२००।-को रिचार्ज र प्रमाण पत्र
सान्त्वना रू.१००।-को रिचार्ज र प्रमाण पत्र
🌹प्रतियोगिताका केही नियमहरू🌹
१) यस प्रतियोगितामा जून तारा साहित्य समाजका समिति पदाधिकारीले सहभागिता जनाउन पाउँने छैनन्।
२)रचना राख्दा प्रतियोगी रचना भनेर माथि लेख्नु पर्नेछ।प्रतियोगी मुक्तक दसैँको विषयलाई आधार बनाएर रचिएको हुनुपर्नेछ अर्थात् अरूकाे रचना कपि गरेकाे पाईएमा त्यसकाे जवाफदेहिता स्वयम् बन्नुपर्नेछ र त्यस रचनाकाे मूल्याङ्कन गरिने छैन ।
३)मुक्तक विल्कुलै शुद्ध नेपाली भाषामा देवनागरी अक्षरमा लेखिएको हुनुपर्नेछ। रचना कुनै मिडिया तथा संग्रहमा प्रकाशित नभएको हुनुपर्ने छ।यदि कहिँ कतै प्रकाशित रचना भएको पाइएमा त्यसको जवाफदेही स्वयम् सर्जक हुनुपर्नेछ।
४)प्रतियोगी रचना मुक्तकको संरचनामा आधारित एक सर्जकले एक मुक्तक यसै “जून तारा साहित्य समाज”को मेसेज बक्समा पठाउनु पर्नेछ।
५) एकचोटी सहभागी भईसके पछि पुनः सच्याउन पाइने छैन यदि सच्याइएको पाइएमा मान्यता दिईने छैन ।
६)रचनाको संरचना,शुद्धता,भाव,शैली, जस्ता कुराहरूलाई मध्यनजर गरेर मुल्याङ्कन गरिनेछ।
७)रचना पठाउँदा नाम,ठेगाना,हालको ठेगाना , सहित सम्पर्क फोन नम्बर र एक प्रति पासपोर्ट साइजको फोटो राख्नु पर्नेछ।
८)रचना यहि मिति २०८१ असोज १० गते बिहान १० बजेदेखि १४ गते बिहान १० बजेसम्म पठाएको मात्र मान्य हुनेछ र उक्त समयभन्दा अघि वा पछि आएका रचनाहरू स्वतह: अमान्य हुनेछन्।
९)प्रतियोगिताको नतिजा यहि मिति २०८१ असोज १७ गते बिहान १० बजे जून तारा साहित्य समाजको युट्युब च्यानलमा र जून तारा साहित्य समाजको फेसबुक पेजबाट प्रकाशित गरिनेछ ।
१०) निर्णायककाे निर्णय नै अन्तिम निर्णय हुनेछ ।
नोटः- थप जानकारीको लागि जून तारा साहित्य समाजकको समितिमा रहनुहुने जो कोही पदाधिकारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
अध्यक्षः- गणेश बिष्ट बर्सात
उपाध्यक्षः- रचिता दाहाल
महासचिवः- श्याम कुमार श्रेष्ठ
आयोजक
जून तारा साहित्य समाज
समिति परिवार