१९ भदौ २०८१, बुधवार
नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवस भाद्र १९ को अवसरमा राष्ट्रसेवक कर्मचारी विच मैत्री पुर्ण व्याटमिण्टन प्रतियोगिता र सरसफाई तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भयको छ ।
महिला सिंगल व्याटमिण्टन तर्फ मनिशा वस्नेत प्रथम, अञ्जना के सी द्धितिय, यसोदा सेजवाल र रेणु शर्मा तृतिय भएका थिय ।
पुरुष डवल व्याटमिण्टन तर्फ घनश्याम सुनार र होमकिरण हुमचिङको टिम प्रथम, राम खड्का र युवराज वस्यालको टिम द्धितिय, सन्तोष बस्नेत र मनोज सिंह तथा लोकेन्द्र डागी र जनक खड्का टिम तृतिय भएका थिय ।
शारदा नगरपालिका १ शितलपाटीमा रहेको शिव मन्दिर परिसरको सरसफाई गरियको थियो भने श्रीनगर बजारमा प्रभातफेरी कार्यक्रम पश्चात समापन गरियको थियो ।
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, आधिकारीक ट्रेड युनियन सल्यानका अध्यक्ष विरेन्द्र हमाल, नेपाल निजामति कर्मचारी संगठन सल्यानका अध्यक्ष ध्रुव वहादुर खत्री, जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख यम राणा र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका कार्यलय प्रमुख श्यामलाल खरालको आतिथ्यता रहेको थियो ।
नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति सल्यानको आयोजनामा सम्मपन्न कार्यक्रमको अध्यक्षता नेपाल निजामति कर्मचारी युनियन सल्यानका अध्यक्ष लिलाधर ववालले गर्नुभयको थियो भने कार्यक्रमको सहजीकरण सचिव महेन्द्र बस्नेतले गर्नुभयको थियो ।
यस्तै नेपाल निजामति कर्मचारी युनियन त्रिवेणि गाउँ कार्यसमितिले पनि स्थापना दिवसकै अवसरमा त्रिवेणी तिर्थशाला धाम र लुहामखोलामा रहेको मोटरेवल पुलक्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।