दिगो विकासका लागि जनसहभागिता नेपाल पास-नेपाल सल्यानको २० औं साधारण सभा उद्घाटन समारोह शुरु भएको छ ।

दिगो बिकासका लागि जन सहभागिता पास नेपाल सल्यानको २० औं साधारण सभा आज भदौ ८ गते शनिबार बागचौरमा उद्घाटन समारोह शुरुभएको छ ।

पास नेपाल सल्यानमा लामो समय देखि सदस्य रहेर कुशलता पुर्बक कार्यसम्पादन सहयोग गर्ने शारदा नगरपालिका २ शान्ता हमाल , बागचौर नगरपालिका २ प्रभा ओलि डिसि, र सोहि ठाउँका साधारण सदस्य अपांग अशक्त मनिश भणडारिलाई सम्मान गरियोको हो ।

टोपेन्द्र कलाकेन्द्र बागचौरको टिमले स्वागत गितबाट
विभिन्न समयमा मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमा पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर के सि अध्यक्षतामा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम प्रमुख अथिति बिशिस्ट अथिति उप प्रमुख सुम्निमा डिसि ओलि

अथिति निं प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा नं २ अध्यक्ष दिपेश डिसि, पास नेपालका सल्लाहकार पबन देबकोटा ,कार्यपालिक सदस्य रोजि बुढाथोकि, वडा सदस्य मोहलाल डाँगि, जनकल्यान नमुना माध्यमिक बिद्यालय थारमारे सल्यानका प्र अ चुडामनि केसि, पास नेपालकार्यसमिति तथा साधारण सदस्य लगायत पत्रकार उपस्थित थियो।
कार्यक्रमको संचालन कोषाध्यक्ष प्रभा वली डाँगी र कार्यवाहक सचिव ठाकुर भण्डारीले क्रमागत सञ्चालन गर्नुभएको थियो ।

२०औं साधारण सभाको उद्घाटन कार्यक्रम प्रस्चात ६१ जना साधारण सदस्यको सहभागितामा संस्थाका ११ वटा एजेण्डामा छलफलको लागि बन्दसत्र आज ८ गते सुरु भइ भोलि ९ गते सम्पन्न गरिने पास-नेपाल सल्यानका कार्यकारी निर्देशक गंगाराम बुढाथोकिले जानकारी दिनुभयो ।








