दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–५ निवासी ६० वर्षीया प्रमी चौधरी, तुलसीपुर–१९ निवासी रुचा कराला र तुलसीपुर–१४ निवासी ३२ वर्षीया गीता बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख ९१५ नम्बरको यात्रुबहाक बस आज शुक्रबार दिउसो साढे १२ बजेको समयमा तुलसीपुर–१९ ग्वारखोला नजिक अनियन्त्रित हुदा दुर्घटना भएको हो । घाइतेहरूको अवस्था सामान्य रहेको छ भने बसमा जम्मा २० जना सवार रहेको खुलेको छ । बसका चालक फरार रहेको र सहचालक घोराही–१४ निवासी २२ वर्षीय भुवन चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।








