अविरल वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ।

राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान खण्डको कपुरकोट नजिकै चाेरखाेलामा पहिरो जाँदा राप्ती राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पानी परिरहेको तथा माथिबाट लेदोमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएकाले राजमार्ग सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।