८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको हिमाल एकेडेमी ले ८ औँ राष्ट्रिय भलिबल दिवस एक कार्यक्रमका बिच मनाएको छ । “स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अध्यापनरत शिक्षकका बिच मैत्रपूर्ण खेल खेली ८ औँ राष्ट्रिय भलिबल दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अथिति दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत बिशिस्ट अथिति प्रिन्सिपल मधुसूदन के सी र भाइस प्रिन्सिपल नवीन कुमार पराजुली शिक्षक बिद्यार्थिको सहभागिता रहेको थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले राष्ट्रले भलिबल लाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपनि सरकारले  हेर्ने दृष्टिकोणमा र सेवा सुबिधामा कुनै फरक नभएको बताए  ।

शभाअध्यक्षता हिमाल एकाडेमीका कोर्डिनेटर तथा फिभका लेवल-१ भलिबल प्रशिक्षक द्रोण प्रकाश चन्दको गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण शिक्षक भिम मरासिनी गरेका थिए ।