सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् ।

आईतबार दिउँसो करिब साढे १ बजेतिर शारदा नगरपालिका -१ पटनेरी स्थित खलंगा श्रीनगर सडकखण्डमा श्रीनगर देखि खलंगा तर्फ जाँदै गरेको रा ७ प २४१७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा १६ च ५५५० नम्बरको स्कोरपियो एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका -१ उनवाङ बस्ने  १९ वर्षीय प्रेम क्षेत्री र मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३१ बर्षीय राकेश क्षेत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।

घाइते दुवै जनाको श्रीनगर स्थित सल्यान कर्णाली अस्पतालमा उपचार भइरहेको र प्रेमको अवस्था मध्यम रहेको छ भने  राकेशको अवस्था सामान्य रहेको छ।