बैशाख ३१,जाजरकोट – जाजरकोटको शिवालय गाउँपालिका – १ स्यापीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले सन्जिबनी बालक्लबको पुनर्गठन गरेको छ । सन्जिवनी बालक्लब कि पुर्व अध्यक्ष शर्मिला पुन को अध्यक्षतामा सन्जिवनी बालक्लबको पुनर्गठन गरिएको हो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष , प्राध्यापक , शिक्षक समाजसेवी , बुद्धिजिवि लगायको उपस्तिथिमा माइन्युट हस्तान्तरण गरिको छ । अध्यक्षमा अन्जु पुन लगायत १५ सदस्य रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले जानकारी गराएको छ ।

शैक्षिक सत्र २०८१ को लागि बालक्लब मार्फत बिध्यार्थी र बिध्यालयका विभिन्न शैक्षिक तथा अतिरिक्त गतिबिधिहरुलाई चुस्त, दुरुस्त बनाउदै लैजाने ने.रा.मा.वि ले जानकारी दिएको हो ।