चैत्र १५ ,सल्यान – कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पुरूष मृत फेला परेका छन् ।

हाेली पर्वकाे अवसरमा साेमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीकाे पुलमाथि रमाइलो गर्दै पाैडी खेल्न १७ जनाले हाम फालेका थिए।

तीमध्येका कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लाेकेन्द्र शाही पुलमाथिबाट हाम फाल्नेबित्तिकै बेपत्ता भएका थिए।

उनकाे तीन दिनपछि बिहीबार शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीले जानकारी दिए।

शाहीको शव टीकापुरकाे  सन्कट्टी घाटमा भेटिएको हाे।