चैत ७,सदाचार निष्पक्षता निभिकर्ता भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्दन सम्बन्धि पालिका स्थरिय अन्तक्रिया कार्यक्रम आज बागचौरमा सप्पन्न ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेत आयोजनामा आ.व.२०८०/८१ को “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय वार्षिक कार्यक्रम आज ७ गते ग्रीन सटार होटल, बागचौरमा उक्त कार्यालयका सिडि टंक खनालको अध्यक्षता नगर प्रमुख जनक राज गौतमको प्रमुख आतिथ्यता उप प्रमुख ,सुनिमा डिसि वलि बिशिस्ट अतिथ्यतामा सप्पन्न भयो ।
उक्त कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित आयोगमा पर्ने उजुरीका बिषयवस्तुहरु र उक्त विषयमा आयोगका सुझावहरुको सम्बन्धमा कार्यालयका सिडि टंक खनाल र शाखा अधिकृत बिष्णु न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथी तथा बागचौर नगरपालिका नगर प्रमुख गौतमले कार्यक्रम आयोजना गरिदिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय तहमा नयाँ जनप्रतिनिधी निर्वाचित भई कार्य गरिरहेको दोस्रो बर्षमा आयोजना गरिएको अन्तर्क्रिया प्रभावकारी भएको र जनप्रतिनिधी, कर्मचारी एवं सरोकारवाला सबैको सहयोगमा पालिकालाई भ्रष्टाचारमा शून्य बनाउन सकिने बिचार ब्यक्त गर्नु भयो।
कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवं कार्यालयका सिडि टंक खनालले आयोगमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढ्दै गईरहेकोले प्रचलित कानूनको पूर्ण परिपालना गरी जनप्रतिनिधी एवं कर्मचारीहरुले आफूलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गर्न सुझाव दिदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भयो।
कार्यक्रममा बागचौर नगरपालिका नि प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा अध्यक्ष उक्त पालिकाका कार्यपालिका सदस्यहरु, पालिकाका शाखा प्रमुखहरु, उ.मा.वि./मा.वि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, स्थानीय गैरसरकारी संस्था तथा नागरिक समाजका प्रमुख/प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, उपभोक्ता समितिका अध्यक्षको उपस्थिती रहेको थियो।
कार्यक्रमको सहजीकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका अधिकृत बिष्णु न्यौपाने ले गर्नु भएको थियोे ।