१४ असोज २०७८

सल्यानको शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा शिघ्र कुपोषण भएका बालबालिकाहरुको ब्यवस्थापनका लागि एकीकृत बहिरंग उपचार केन्द्रको स्थापना गरिएको छ ।

कडा तथा मध्ययम शिघ्र कुपोषण भएका बालबालिकाहरुलाई उपचारको लागी जिल्ला बाहिर दांग, नेपालगञ्ज, सुर्खेत लगाएतका ठाउमा लैजानु पर्ने बाध्यता र कुपोषित बालबालिकाको घरपरिवारको धेरै खर्च हुने भएकाले जिल्लाको शारदा नगरपालिका १ को खलंगा स्वास्थ्यचौकी र छत्रेश्वरी गाउँपालिका ६ को छायाक्षेत्र स्वास्थ्यचौकीमा बहिरंग उपचार केन्द्र स्थापना गरिएको दलित बिकास समाज सल्यानले बताएको छ । शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले कुपोषण भएका बालबालिकाहरुको उपचारका लागि सहज हुने बताएका छन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले नगरपालिका संग सहकार्य र नमुना योग्य कामको लागि सरोकारवाला निकाएलाई धन्यवाद दिएका थिय ।

दुई स्थानीय तहमा स्थापना भएका वहिरंग उपचार केन्द्रहरुमा कडा शिघ्र र मध्ययम शिघ्र कुपोषण भएका ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई तयार पारिएको उपचारात्मक खाना आरयुटीएफ मार्फत उपचार गरिने बताइएको छ । केन्द्रहरुबाट ६ देखि ५९ महिनाका सबै बालकालिकाहरुलाई बालभिटा प्रदान गरिने र समुदायमा रहेका उक्त उम्मेर समुहका सबै बालबालिकाहरुको पाखुरा मापन, कडा तथा मध्ययम शिघ्र कुपोषण भएका बालबालिकाहरु पहिचान गरि पत्ता लागेका कडा तथा मध्ययम शिघ्र कुपोषित बालबालिकाहरुलाई बहिरंग उपचार केन्द्रमा ल्याई एकिकृत रुपमा उपचार गरिने छ ।

दलित बिकास समाज सल्यान र सुआहारा कार्यक्रमको प्राबिधिक सहयोगमा संचालन भएको उपचार केन्द्र खलंगा स्वास्थ्य चौकीमा १ जना मध्ययम शिघ्र कुपोषित र छायाँक्षेत्र स्वास्थ्य चौकीमा २ जना कडा शिघ्र कुपोषित तथा १ जना मध्ययम शिघ्र कुपोषित बालबालिकाको उपचार सुरु गरिएको छ । शारदा नगरपालिका वडा नं.१ वडा अध्यक्ष नवराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुआहारा कार्यक्रमका बरिष्ठ प्राबिधिक संयोजक निरज केसीले गरेका थिय भने सञ्चालन दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीेले गरेका थिय ।