फागुन १९, कुमाख गाउँपालिका अध्यक्ष कपको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रि मा.खड्ग बहादुर पोख्रेलले उदघाटन गर्नुभएको छ ।

गाउँपालिकाको खेलमैदान रागेचौरमा शनिबार गाउँपालिकाद्वारा भव्य कार्यक्रमको आयोजना गरी अध्यक्ष कपको उदघाटन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्रि पोख्रेलले खेलाडीहरु अनुसासनका पर्यायवाची एवं राष्ट्रका गहना भएकोले अनुसासित र मर्यादित भएर खेल खेल्नुपर्ने बताउनुभयो ।खेलकुदमा हारजित स्वाभाविक प्रक्रिया हुने भन्दै मन्त्री पोख्रेलले हारजित पछी खेलाडीहरुले एक अर्का प्रति रिस राग र झैझगडा गर्न नहुने भन्दै खेलकुद प्रशिक्षकहरुलाई खेल निष्पक्ष एवं उदारवादी भएर खेलाउन निर्देशन दिनुभएको छ। खेलकुद क्षेत्रमा लगानी गर्नु भनेको शारीरिक र मानसिकरुपमा दक्ष जनशक्ति उत्पादनका लागि आधार निर्माण गर्नु भएको भन्दै पोख्रेलले कुमाख गाउँपालिकाले अध्यक्ष कपको आयोजना गरेर युवा जनशक्तिको मनोभावनालाई सम्बोधन गरिरहेको बताउनुभयो ।


गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित अध्यक्ष कप उदघाटन कार्यक्रममा शिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरिको विशिष्ट आतिथ्यता रहेको थियो।कार्यक्रममा अध्यक्षकपको शुभकामना दिनुहुदै विशिष्ट अतिथि गिरीले संघ र प्रदेश बाट पर्याप्त बजेट उपलब्ध नहुँदा नहुँदै पनि स्थानीय तहले खेलकुदको क्षेत्रमा उल्लेखिनिय योगदान गरिरहेको बताउनुभयो।

कार्यक्रममा कुमाख गाउँपालिका उपाध्यक्ष लालबहादुर रावत, निवर्तमान गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर, ७ वटै वडाका अध्यक्षहरु, गाउँपालिकास्थित राजनीतिक दल, पत्रकार, नेपाल शिक्षक महासंघ कुमाख गाउँपालिका अध्यक्ष देबेन्द्र रावत, विभिन्न विधाका खेल प्रशिक्षक लगायतको आतिथ्यता रहेको थियो ।


वडा न. २ का वडा अध्यक्ष इश्वरी शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नि. प्रमुख प्रशासकीय अधिकृत छबिलाल खड्काले गर्नुभएको थियो |
कार्यक्रम फागुन २२ गते संचालन हुनेछ ।