सल्यान माघ २४
बागचौर नगरपालिका वडा न १ मा  किसानले आफ्नो उत्पादनको मुल्य आफै निर्धारण गर्न पाउनु पर्ने माग राख्दै बाख्रा पालक किसानहरुको बुधबार बैठक सप्पन्न भएको छ । बागचौर नगरपालिका वडा नं १अध्यक्ष्य गगाराम बस्नेतको अध्यक्ष्यतामा बसेको बैठकले जीउदो खसिको न्युनतम बिक्री मुल्य रु ५५० कायम गर्ने र सो तोकेको मुल्य भन्दा कम मुल्यमा बिक्री गर्ने नपाउने प्रतिवद्वता समेत गरेको हुन ।
किसानहरुको महेन्त बाट  उत्पादन गरेका बिभिन्न बस्तुको मूल्य आफैले तोक्न पाउदा आत्मा सन्तुष्टि हुने र अझ बढी उत्पादनको लागि उत्साहित हुने हुदा यस्तो प्रकारको निर्णय गरेको वडा सचिब हेमन्त बस्नेतले  बताए । सबै किसान आमा बुबा दाजुभाई दिदिबहिनीहरुले उत्त निर्णय प्रति समर्थन र एक्यवद्धता जनाई सहयोग गर्ने वडा बासिमा अनुरोध समेत गरेका छन् ।