माघ २३, रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा आज मगलबार शोक बिदा दिईएको छ । साेमबार दिउँसो सानीभेरी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष अल बहादुर खनालको असामयिक निधन भएको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहान वडा अध्यक्ष खनालको उपचारको क्रममा मृत्यु भएको थियोे ।