माघ १४, स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सल्यान बागचौर नगरपालिका -२ को जनकल्यान नमूना माध्यामिक विद्यालय थारमारेमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना माननीय मन्त्री बेदराज सिहंले आज एक कार्यक्रम बिच आईतबार रनिङ शिल्ड उद्घाटन गर्नु भएको छ ।आज माघ १४ गते आईतबार देखि माघ १६ गते मंगलबार ३ दिन सम्म संचालन हुने प्रतियोगितामा नगरपालिका भित्रका १२वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ। भलिबल (छात्र छात्रा) कबड्डी (छात्र छात्रा) एथ्लेटिक्स (छात्र, छात्रा), मार्सलआर्ट अन्तरगर्त कराते र तेक्वान्दो खेल संचालन हुनेछ ।
कार्यक्रमको उद्घाटनमा बोल्दै माननीय मन्त्री सिंहले मुलुककाे राजनीतिक परिवर्तन, विकास संगै मुलुकलाई अझै उचाइमा पुर्याउनका लागि राज्य तीन तहमा विभाजन भएर विकास पुर्वाधारका चरण पार गर्दै आयको र राष्ट्रका गहना तथा भविष्यका कर्णधार निर्माण गर्नका लागि विद्यालय क्षेत्रमा विद्यार्थीहरुलाई व्यवसायीक, सीपमूलक तथा समयानुकूल शिक्षा निति प्रदान गर्दै आयको बताउनुभयो । त्यसका साथै खेलकुदलाई पनि महत्त्वका साथ अगाडि बढाउनुपर्ने आजको दायित्व र कर्तव्य भएको भन्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेल क्षेत्रमा टेवा पुग्ने बताउनुभयो। उहाँले बागचाैर नगरपालिका स्तरीय निर्माणाधीन खेलकुद मैदान निर्माणका लागि थप बजेटकाे व्यवस्थापन गर्ने, निर्माणाधीन शहीद राजेन्द्र पार्क र जनकल्याण नमुना माध्यमिक विद्यालयकाे निर्माणाधीन भवन निर्माण तथा वडा नं. १२ खाैला दाेभान बजार सडक स्तरउन्नतिका लागि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाकाे समग्र विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
नगर प्रमुख गौतमले खेलाडीहरुले अनुशासीत, मर्यादित भएर खेल खेल्न र रेफ्रीहरुबाट भेदभावरहित, निष्पक्ष रुपले खेलाडीहरु छनोट गर्न निर्देशन दिनुभयो । खेलाडीहरुलाई उत्कृष्ट भै पालिका स्तर सगै जिल्ला स्तरीय रनिङ शिल्डमा बागचौर नगरपालिकाको नाम उच्च राख्न सफल हुनका लागि शुभकामनाका साथै खेलाडीहरुकाे उज्ज्वल भविष्य कामना गर्नुभयो ।
बागचाैर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतमकाे अध्यक्षतामा सुरु भएको कार्यक्रम स्वागत मन्तव्य नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय बेदराज सिंह, विशिष्ट अतिथि जिल्ला समन्वय समिति सल्यान प्रमुख वेलाराम रावलले राख्नु भएको थियाे ।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नगर प्रवक्ता दिपेश डि.सी, शिक्षा युवा तथा खेलकुद विकास समिति संयोजक टिकाराम ओलि बागचौर नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कार्यक्रमको सहजीकरण शिक्षक तुल्सी राम बस्नेतले गरेका थिए ।
उद्घाटन कार्यक्रममा विभिन्न किसमका नाच गान समेत प्रस्तुत गरेका थिए।आज महिला पुरुषका दौड र पुरुष को भलिबल शिशुजागरण माध्यमिक बिद्यालय बागचौर नगरपालिका ९ र महेन्द्र माध्यमिक निद्यालय बागचौर नगरपालिका १० बिच प्रतिस्पर्धा भएको थियोे २३, बिरोध २५ र २४बिरोध२६ साथ महेन्द्र माध्यमिक बिद्यालय ले सोझो सेटमा जित हासिल गरेको छ।