सल्यानको कपुरकोट गाउँपालिका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिममूल्याङ्कनमा कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको छ ।
आर्थिक वर्ष २०७९।०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले सम्म सार्वजनिकगरेको नतिजा अनुसार कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको हो । बिभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष२०७९÷०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १००पुर्णाङकमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिन्छ ।

कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१,कार्यान्वयन क्षमता तथाव्यवस्थापन २७.५,लेखांकन तथा प्रतिवेदनमा १७,अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५.५ अङ्कप्राप्त गरेर हाल सार्वजनिक नतिजा अनुसार कपुरकोट गाउँपालिका जिल्ला र प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको जिल्ला समन्वयसमिति सल्यानका  अधिकारी निम बहादुर वलीले जानकारी दिनु भयो ।

अहिले सम्म सार्वजनिक गरिएको नतिजा अनुसार सिन्धुपाल्चोकको मरिण गाउँपालिका भन्दा ०.५ अङ्कले पछाडि रहेर १०० अङ्कमा  ९७ अङ्क प्राप्त गरेर दोस्रो भएको छ । भने जिल्लामा दोस्रो भएको दार्मा गाउँपालिका भन्दा ८ अङ्क अघि रहेर प्रथम तथा प्रदेशमाभगबतीमाई गाउँपालिका भन्दा २ अङ्क बढीले प्रथम भएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।

यता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले सम्म सार्वजनिक गरेको नतिजा अनुसार आफू नेतृत्वको गाउँपालिका२०७९।०८० को स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्ला रप्रदेशमा प्रथम तथा नेपालमा दोस्रो भएको खबरले उत्साहित बनाएको जनाउँदै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाशभण्डारीले यस कार्यमा सहयोग पुर्‍याउने  सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि,राजनीतिक दल, टोल विकास संस्था तथा आमगाउँपालिकावासीमा आभार प्रकट गर्नु भएको छ ।