कात्तिक ३,सल्यान बागचौर न पा १ नं. वडाको आयोजनामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
विजया दशमी , शुभ दिपावली तथा छठपर्वको अवसरमा बागचौर नगरपालिका वडा नं.१ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

वडा अध्यक्ष गङ्गाराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले बागचौर नगरकमिटी सचिव शोबाराम बस्नेत , नेकपा माओवादी केन्द्र बागचौर १ उपाध्यक्ष होतिराम सुनार, सरस्वती शारदा आविका प्र अ रेशमलाल बस्नेत, लालिगुरास सामुदायिक वनका अध्यक्ष सुरेश वि क , ज्येष्ठ नागरिकहरु झुपलाल बस्नेत , भिमी सुनार र ढाकी बुढाथोकी, अगुवा किसान कौलास के सि , वडा सदस्यहरु लक्ष्मी लामिछाने , बसन्ती सुनार र भरत बुढाथोकी लगायत स्थानीय जनताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हाम्रा चाडपर्वलाई भड्किलो र खर्चिलो नबनाउन र हर्षोल्लासका साथ मनाउनु पर्नेमा जोड दिदै सबै वडाबासी , नगरबासी तथा देश – विदेशमा रहनु भएका नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु, सुख र सन्तुष्टिको शुभकामना प्रकट गरिएको थियो ।
वडा सचिव हेमन्त बस्नेतको सहजीकरणमा भएको उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष गंगाराम बस्नेतले सवै बडाबासी तथा देश विदेशमा रहेका नेपाली दिदिबहिनी , दाजुभाइलाई शुभकामना दिदै यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले एक अर्कामा आत्मीयता, भाइचारा र सम्मान अभिवृद्धि भइ वडाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । साथै उहाँले कोटवेतको लाखेनाचलाई प्रवर्द्धन गरि बागचौर नगरपालिकाका विभिन्न बजारहरुमा देखाएर संस्कृतिको जगेर्ना गरेको स्मरण गर्दै अब लोप हुने अवस्थामा पुगेको लरे नाचलाई पनि प्रवर्द्धन गरि दिपावलीको अवसरमा नगरपालिकाका विभिन्न बजारमा देखाउने आफ्नो योजना रहेको उहाँले जानकारी दिनु भएको थियो ।