२ कार्तिक २०८०

सल्यानको बागचौरमा खुल्ला वडा स्तरिय खेलकुद प्रतियोगित तथा सास्कृतिक कार्यकमको उद्घाटन भयको छ।

आज कार्तिक २ गते कर्णाली प्रदेस सरकारको भुमी ब्यबस्था,कृषी तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको प्रमुख आथित्यता रहेको थियो। प्रमुख अतिथी शर्माले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गर्दै,प्रत्येक नागरिक श्रम सङ्ग जोडिन र त्यस्को नेर्तृत्व राज्यके गर्ने तथा प्रबिधी युक्त कृषिमा लाग्न आम कृषकलाई अनुरोध गर्दै आबस्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यको बिशिस्ट अतिथी बागचौर नगरपालिकाको नगर उप प्रमुख सुम्निमा डि.सि वलि ले कार्यक्रमको आयोजकलाई आभार प्रकट गर्दै,आफुले आफ्नो अधिकार र कर्तव्यको पालन गर्दै नगर बिकाशमा लागेको तर जनताले सोछे जस्तो काम गर्न नसकेकोमा क्षमा माग्दै सर्बदलिय नगर सरकार भयको हुदा काम गर्न केही असहजता भयता पनि आफ्नो काममा सबै पक्ष सङ्ग समन्वय गरेर काम गर्ने गरेको र थप प्रगतिको लागि नगर सरकारकाई सधैभ सल्लाह र सुझाब दिन तहा गल्ती गरेको ठाउमा खबरदारी गर्ने समेत बताउनु भयो।

खेलकुद कार्यक्रममा बागचौर नगरपालिका वडा न.२ का वडा अध्यक्ष , नेकपा एमालेका कर्णाली प्रदेस कमिटि सदस्य तथा बागचौर नगरकमिटी सदस्य घनश्याम शर्मा,एकीकृत समाजबादी नगर कमिटी सचिब डम्बर भन्डारी,वडा न. ३ का निबर्तमान अध्यक्ष तथा माओबादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य टिकाराम के.सि , बागचौर नगर कार्यपालिका सदस्य ढाका कुमारी वलि डि.सि, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय कार्यलय सदस्य टेक बहादुर डि.सि.,नेपाल उधोग व्यापार महा संघ केन्द्रिय सदस्य उदय डि.सि.भलिबलको राष्ट्रिय रेफ्री दोर्ण प्रकाश चन्द ,नौलो शान्ती सामुदायिक बन उ.स अध्यक्ष पुस्पा कुमारी डि.सि ,माबी बनेचौरका बिब्यस सदस्य भद्र बहादुर डि.सि,जय शान्ती आबि थाराचौरका प्र.अ वीर बहादुर डि.सिको आथित्यता रहेको थियो

त्यस्तै बिभिन्न आमा समूहरु नृत्य तथा सिगारु नाच समेत प्रस्तुत गरियको थियो। कार्यक्रम ३ दिन सम्म चल्ने र जस्म्स खुल्ला वडा स्तरिय भलिबल,ब्याडमिन्टन ,हाजिरिजबाफ तथा लोकदोहोरी प्रतियोगिता राखेको आयोजले जनायको छ। त्रिशक्ति युबा क्लबका अध्यक्ष ठाकु डाङ्गिको अध्यक्षतामा सुरु भयको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा कल्बका प्रमुख सल्लाहकार खिमराज डि.सि. ले गर्नु भयको थियो।