२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।