असोज १२ सल्यान, छत्रेश्वरी गाउँपालिका वडा नं ५ तिर्थपोले नजिकै जिप दुर्घटना परि चालक सहित १५ जना घाइते भएका छन्। छत्रेश्वरी गाउँपालिका वडा नं ०५ लेखपोखरा बाट शारदा नगरपालिका वडा नं १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१नम्बरको जिप शुक्रबार साझ चार बजेर ४० मिनेट तिर जिप सडकबाट आन्दाजि ६० मिटर तल खकेको छ। घाइतेहरुको उपचारको लागि श्रीनगर तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।