भदौ ०२ सल्यान
आज नौलो शान्ति बन उपभोक्ता समुहको बागचौर नगरपालिका ३ सल्यानको ११ औ साधारण सभा शनिबार एक कार्यक्रम बिच सप्पन्न भयको छ।


शाधारन सभामा सचिब बद्र बहादुर डि.सिले पेस गरेको आर्थिक प्रतिबेदन तथा साङ्गठनिक पर्तिबेदन पास गरेको छ।
बनको आफ्नै बनको हलमा सम्पन्न सभाले पुस्पा कुमारी डि.सि को अध्यक्षतामा ९ सदस्यीय कार्य समिती चयन गरेको छ।
जस्को उपाध्यक्ष दुर्गा प्रसाद डाङ्गी,सचिबमा टीका खड्का डि.सि,कोषाध्य,शुसिला भन्डारी डि.सि चयन भयका छन जस्को सदस्यहरुमा भिम बहादुर डि.सि,राज कुमारी डि.सि,पबित्रा डि.सि,निर्मला डि.सि,गौरा भन्डारी चयन भयकी छन।


सिद्ध कुमाख बागचौर सब डिभिजन कार्यलय थारमारेका प्रमुख ललित जङ्ग खड्काको प्रमुख आथित्यता रहेको कार्यक्रममा बिशिस्ट अतिथी, बागचौर नगर कार्यापालिका सदस्य ढाका कुमारी वलि डि.सि,अतिथिहरुमा वडा सदस्य राम बहादुर डि.सि,बुद्द आबि बागचौर २ का प्र.अअ खिमराज डि.सि,जय शान्ती आबि थाराचौरका प्रअ वीर बहादुर डि.सि,माबी बनेचौरका शिक्षक चन्द्र बहादुर डि.सि,ज.क.मा.बि थारमारेका शिक्षक केवल केसि,अधारभुत बिध्यलय खालिका शिक्षक मुहान डि.सि,बन रक्षक,तेजेन्द्र पुन लगायतको अथित्यता रहेको थियो।


कार्यक्रममा प्रमुख अतिथी ललित जङ्ग खड्काले निर्देशनात्मक मन्तब्य राख्दै बनको जगेर्न गरि भरपुर सेवा लिन तथा,कार्यबिधी र कार्ययोजना अनुसार काम गर्न नबनिर्बाचित टिमलाई सुझाउनु भयको थियो।त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य ढाका कुमारी डिसि,राम बहादुर डि.सि,खिमराज डि.सि,चन्द्र बहादुर डि.सि,वीर बहादुर डि.सि,मुहान डि.सि लगायतले मन्तन्व राखेका थिय।

माबी बनेचौरका अग्रेजी शिक्षक चित्र बहादुर डि.सि को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रमको अध्यक्षता बन उपभोक्ता समितिका अध्यक्ष उदय डि.सि ले गर्नु भएको थियो भने कार्यक्रमको संचालन समितिका सचिब भद्र बहादुर डि.सि ले गरेका थिय।