१ भदौ २०८०

यस बर्षका लागी लोकप्रिय गायक भागिरथ चलाउनेको तीज बिशेष गीत सार्वजनिक गरिएको छ ।


प्राय तीजमा गीत सार्वजनिक गर्दै आएका भागिरथले यसबर्षका लागी मायाले त होला पछिको उत्कृट तिज गित “मेरो लागी मर्ने केटो मनै परेना” बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा उनीसँगै गायिका रेखा जोसिको स्वर रहेको छ । भागिरथको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष निकै हिट भएको थियो। तीज दिन अघि सार्वजनिक यस गीतमा शब्द, संगीत भागिरथकै छ । एरेन्ज बिनोद बाजुरालीले गरेका छन् । जेरि भण्डारीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडिओ मा भागिरथ स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा ‘करिश्मा ढकाल प्रस्तुत छिन् ।

भिडिओ भागिरथले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस भिडियो ..