३२ साउन, सल्यान

जिल्ला सिताेरियाे कराँते संघ सल्यानकाे अध्यक्षमा चित्र राणा चयन भएका छन् । बुधबार जिल्ला खेलकुद विकास समिति सल्यानकाे हलमा भएकाे भेलाले राणाकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा श्याम राेका, नवराज चन्द, सचिवमा जित बहादुर बुढाथाेकी, काेषाध्यक्षमा यज्ञश्वरी घर्तीमगर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा प्रकाश ओली, ओस्माला घर्तीमगर, डम्बर चलाउने, डम्बर बुढाथाेकी, याम बहादुर शाही, नविन डाँगी, नविन घर्तिमगर, राेषन केसी, प्रदिप बटाला, गाेपाफ याेगी र सुनिता बटाला रहेका छन् ।

जिल्ला सिताेरियाे कराँते संघ सल्यानका निवर्तमान अध्यक्ष बवि शाहकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे हाे ।