चितवन – नारायणी नदीमा हाम फालेकी एक महिलाको उपचारका क्रममा ज्यान गएकाे छ।
आज बिहान नारायणी नदीकाे पुलबाट हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धारपछि उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएकाे हाे ।
नदीमा हाम फालेकी महिलाकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले उद्धार गरेकाे थियाे । महिलाकाे परिचय खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।