९ साउन २०८०, मंगलबार

नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम जारी छ ।

विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ।लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मध्यपश्चिमको सल्यान जिल्लामा जन्मीएर काठमाडौंलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा लामो संघर्ष गर्दै गायन कला मै आफुलाई समर्पित गरेका चर्चित लोक गायक शक्ति चन्दले पछिल्लो समय दर्जनौ बढी हिट गितहरु बजारमा पठाएर आफ्नो स्टारडमलाई उचाईमा पु¥याएका छन ।

यसै क्रममा २०८०का लागी चर्चित लोक गायक शक्ति चन्द र गायीका रचना रिमालको स्वरमा मार्मिक तीज विषेश गीत जिन्दगी बच्चुञ्जेली हो सार्वजनिक भएको छ राजकुमार मगरको निर्देशनमा बनेको म्युजिक भिडियोमा नारायणी खत्री र अल्फाज शाहको अभिनय देख्न सकिन्छ।
हेर्नुहोस भिडियो: