कुमाख गाउँपालिकाको नीति तथा कार्यक्रम ल्याउन निकै सक्स गाउँपालिको नेतृत्वले माओवादीबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुका कारण समस्या भएको भन्दै पालिका अध्यक्ष र उपाध्यक्ष को हस्ताक्षरमा विज्ञप्ती निकालेको छ ।
आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरि स्थानीय सभामा पेश गर्ने र पारित गर्ने । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१(१) र अन्तरसरकारी बित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१(३) राजश्व र व्यय (बजेट) अनुमान प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय सभामा पेश गरिसक्नु पर्ने भन्ने व्यवस्था गरेको छ । सल्यानमा १० वटा स्थानीयतह छन्।सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गरिसकेका छन्।कुमाख गाउँपालिकाले भने अहिलेसम्म कार्यपालिका बैंठ्क समेत बस्न सकेको छैन ।
कुमाख गाउँपालिका जनप्रतिनिधि हरु भने आ आफ्नै स्वार्थमा अडिग छ्न।
४ पटकको कार्यपालिका बैठक र पालिकाले राखेको सर्वपक्षिय बैठकमा माओवादीबाट प्रतिनिधि गरेका १० जना कार्यपालिका सदस्यहरु सहभागि नभएको भन्दै अध्यक्ष मान बहादुर बुढाथोकी र उपाध्यक्ष लाल बहादुर रावतले संयुक्त रुपमा हस्ताक्षर गरि विज्ञप्ती निकालेका हुन ।
बुहमतको दम्भका कारण गाउँपालिकालाई अनिर्णयको बन्दी बनाइएको भन्दै कुमाखको विकास निर्माण र प्रशासनिक कार्यमा परेको असरको जिम्मा पनि माओवादीबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यले लिनुपर्ने औल्याइएको छ।
अध्यक्ष र उपाध्यक्षले माओवादीका नेतृत्वसंग बस्दा उनिहरुमा दलगत तथा व्यक्तिगत स्वार्थ भएको र कार्यपालिका सदस्यले पनि त्यहि दोहोर्याएको विज्ञप्ती जनाएका छन ।
विज्ञप्तीमा विधि पद्धति भन्दा बाहिर गएर कानुन विपरित काम गर्न नसकेको र कुमाखको विकास तथा हितको लागि जस्तोसुकै चुनौति व्यहोर्ने जनाइएको छ ।
गाउँसभाको तयारीका लागि माओवादीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसंग सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुरुप सहयोगको आशा राखिएको उनिहरुले निकालेको विज्ञप्तीमा उल्लेख छ।