सलयान , २ साउन । सल्यान को बागचौर कोटमौला सडक खण्ड को मर्मत कार्य सुरुवात गरिएको छ।केही दिन बिराएर लगातारजसो पानी झम्केर पर्दछ। असार मध्यको यो बर्खे मौसममा यहाँका मुख्य सबैजसो सडकको अवस्था बेहाल छ। वर्षाको पानीको उपयुक्त निकास हुन नसक्दा सडक हिलामय भएका हुन् । जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै आहाल बनेपछि सडक यात्रा अहिले देखादेखि जोखिमपूर्ण बनेको छ ।
सल्यान को बागचौर कोटमौला पातिहाल्न सडकको शारदा जङ्गार खोला देखि पातिहाल्न पोखररिबजारको करिब चार किलोमिटर दूरीभित्र सडक धान रोप्न हिल्याइएको खेतजस्तै बनेको छ ।
बर्खा लागेपछि यो खण्डमा बस टेक्टर टिपर ठूलाठूला यान्त्रिक उपकरण चल्न थालेपछि पैदल हिँड्नलाई पनि सकस परेको सर्वसाधारण बताउँछन् ।
बर्खामा यान्त्रिक उपकरण चलाइँदा सडक झन् बिग्रेको सर्वसाधारणको भनाइ छ । “बर्खाको पानीले कोमल्याएको माटोमा ठुला ठुला माल बाहक गाडी चलाएपछि माटो गिजोलिएर हिलामय भएको हो”, बागचौर नगरपालिका वडा नं ८ निबासी शिक्षक मोतिराम बस्नेत भन्नुहुन्छ, “यही काम समयमै गरिदएको भए सडकको यो दशा हुने थिएन होला नि १” विकासे कामलाई असार पर्खने बानीले बन्नुभन्दा बिग्रनु बढी भएको बस्नेतको भनाइ छ ।
जिल्लाको खत्रीगाउँस्थान–गैरागाउ–कोटमौला गैरिबिसाउनी सडक खण्ड पनि खाल्डाखुल्डीमा परिणत भएको छ । तीन वर्ष पहिले मात्र डबल कटिङ्ग गरिएको यो सडकको बर्खायामा सडकमै धान रोपने ठूलाठूला खाडल छन् ।
त्यसैगरी कोटमौला बजार नजिकको चोकमा पनि मुख्य सडकमा खाल्डाखुल्डी बनेका छन् । पहिले गुणस्तरीय काम नहुने र सडक भत्कन लाग्दै मर्मत सम्भारमा ध्यान नदिइनुले सडक समस्या बढाएको गैरागाँउका स्थानीय बासि गोपाल पुरी बताउनुहुन्छ।
मुख्य सडक सामान्य वर्षामै ठाउँ ठाउँ भत्किएर सवारी साधन चल्न नसक्ने भएका छन् ।
खाल्डैखाल्डा बढेका र सबैमा फोहर पानी जमेपछि यी सडकमा , मोटरसाइकल अटो जस्ता साना दुई अथवा ३ पाङ्ग्रे साधन चलन समेत निकै गाह्रो भएको छ।यसैबीच बागचौर नगरपालिका आफ्नो कार्यक्षेत्रका सबै सडकको निर्माण र मर्मतसम्भारको काम नियमित भइरहेको जनाएको छ ।
मर्मत गरिनुपर्ने ठाउँमा मौसमको प्रतिकूलताले केही पर्खन परे पनि अनुकूल समय हुनासाथ काम गर्न्र थाल्यको बागचौर नगरपालिका नगर प्रमुख जनक राज गौतम बताउनुहुन्छ । कामका लागि उपयुक्त मौसम पर्खदा कहिलेकाँही समय अघिपछि हुने गरेको भने गौतमको स्वीकारोक्ति छ । अहिले यो सडक खण्ड मर्मत हुँदै गर्दा। यो बाटो भएर आउद्जाउद गर्ने मानिस ले नगरसरकारलाई समयमै ध्यानाकर्षण भएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।










