असार २०, सल्यानकाे बागचाैर नगरपालिका वडा नं. २ थारमारे बजार बाट सिमेन्ट बाेकेकाे ट्याक्टर वडा नं. १ ठिनबाङ्गज्यूलामा दुर्घटना हुँदा उपचार क्रममा नेपालगन्ज लिदै गर्दा सल्यान को लुहाममा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बागचौर नगरपालिका वडा नं. १० पिपलनेटा बस्ने वर्ष ५० का लाल बहादुर बि.क को उपचारको क्रममा नेपालगन्जमा जाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घाइते हुनेहरुमा चालक बागचौर नगरपालिका वडा नं. १ गैराबेद बस्ने अन्दाजी २४ वर्षका युबराज रोकाय, साेही ठाउँ बस्ने वर्ष ४५ का काली बहादुर बस्नेत, घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रा १ त ३२६३ नं. को ट्याक्टर सडक बाट करिव १०० मिटर तल खसेकाे थियो । घाइतेहरु मध्ये काली बहादुर बस्नेत र लाल बहादुर बि क लाई जिल्ला अस्पताल सल्यान उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकाे थियोे ।
चालक युवराज राेकायलाइ भने बिहानै नेपालगन्ज रिफर गरिएकाे जिल्ला प्रहरी कार्यलय सल्यान ले जानकारी दिएको छ ।