२०८०जेष्ठ,२गते

सल्यान जिल्लाको बागचौर नगरपालिका वडा न.२मा अवस्थित साथिभाइ रेस्टुरेन्ट ले हाउस किपिङ्गी तालिम सन्चालन गरेको छ।
ब्यवसायिक तथा सीप बिकास तालिम प्रतिस्ठान बुटवल,रुपेन्देहिको आर्थिक सहयोग तथा पिरामिड टेक्निकल प्राबिधिक कलेज काठमाडौ को प्राबिधिक सहयोग र साथिभाइ रेस्टुरेन्टको सहकार्यमा नि:शुल्क हाउस किपिङ्गी तालिम सन्चालन गरिएको हो।


हाउस किपिङ्गी तालिम बैशाख १७गते देखि असार१७गते सम्म करिब ६५दिन सम्म चल्ने छ। उक्त तालिमको समउद्घाटन कारेक्रम जेष्ठ २गते गरिएको हो। समउद्घाटन कारेक्रम को सभा अध्यक्ष को आसन ग्रहण बागचौर नगरपालिका वडा न.२का वडा अध्यक्ष तथा बागचौर नगर प्रबक्ता दिपेश डि.सिले गर्नु भएको थियो भने प्रमुख अथिती बागचौर नगरपालिका वडा न.३का वडा अध्यक्ष भिम प्रकाश भण्डारिले गर्नुभएको हो। तेसैगरी बागचौर नगरपालिका वडा न३का वडा सदस्य राम बहादुर डि.सि,वडा न.२का वडा सदस्य मोहलाल डि.सि,सिदकुमाख बागचौर सब डिभिजन कार्यलयका प्रमुख ललित जङ्ग खड्का थ्री आर इन्जिनियरिङ्ग कन्सलटेन्सि रुकुमका प्रतिनिधि डिल्ली ब.केसि,सामाजसेवी गणेश भण्डारी,भिम ब.डि.सि प्रशिक्षक गोमा बस्नेत,साथिभाइ रेस्टुरेन्ट का सन्चालक गजेन्द्र केसि लगायत केही प्रशिक्षार्थिको उपस्थिति रहेको थियो।

समउद्घाटन कारेक्रममा बोल्दै प्रमुख अथिती तथा वडा न.३का वडा अध्यक्ष भिम प्रकाश भण्डारिले यो महत्त्वपूर्ण तालिमको पुर्ण सफलता को शुभकामना व्यक्त गर्नु भएको हो।

तेस्तै शुभकामाना मन्तब्यकै क्रममा कारेक्रम का सभा अध्यक्ष तथा बागचौर नगरपालिका वडा न.२का वडा अध्यक्ष तथा बागचौर नगर प्रबक्ता दिपेश डि.सिले बिभिन्न क्षेत्र जस्तै घर,होटल,कार्यलय,कम्पनीहरुको सुरक्षित तथा छिटो छरितो ढंगले सरसफाई गर्ना हाउसकिपीङ को महत्वपुर्ण भुमिका रहेको बताउनु भयो। उहाले बताउनु भयो यस्ता खालका तालिम बागचौर नगरपालिका मा मात्र नभएर अन्य ठाउमा पनि सन्चालन गर्नु पर्ने बताउनु भयो यसको महत्व र यस्ता खालका सिपले सम्स्त नेपालिको जिबनशैलिमा परिबर्तन आउने बताउनु भएको हो नियम नीति अनुसार निर्धारित समयमा वफादारी भएर आफूलाई दीईएको काम र जिम्मेवारी पूर्ण रुपमा गर्ना यो तालिमले अझ सहयोग गर्ने छ र तालिमको पुर्ण सफलताको शुभकामना दिनु भएको हो।


कारेक्रमको सहजिकरण प्रदिप मगरले गर्नु भएको थियो भने कारेक्रमको समउद्घाटन सत्रको समापन कारेक्रमका सभा अध्यक्ष दिपेश डि.सिले गर्नु भएको हो।