चैत १०सल्यानको बागचौर नगरपालिका वडा नं २ रहेकोे माबी बनेचौर लस्तम को बि.ब्य.स अध्यक्षमा तारादेब भन्डारी सर्बसम्मत अध्यक्षमा निर्वाचित भएका छन ।

बिगत ४ बर्षसम्म बिद्यालय बि ब्य स गंठन हुन नसकेको बनेचौरमा आज भएको अभिभावक भेलाबाट तारादेब भन्डारीलाई बिद्यालयको अध्यक्षमा सबै अभिभावक ले सर्बसम्मत चयन गरेका हुन ।पुर्ब बि ब्य स अध्यक्ष रोजागरी शिलशिलामा देश बाहिर गैसकेका छन् ।

जेष्ठ नागरिक जिवलाल डाँगीको अध्यक्षतामा भएको भेलाबाट ६ जना समिति सदस्यहरु निर्वाचित भएपछि तिनै सदस्यले अध्यक्षमा तारादेव भण्डारीलाई चुनेका हुन ।

अभिभावक भेलाबाट चुनिएका समिति सदस्यहरुमा भद्र बहादुर डिसी, बुद्धिराज केसी, तोला केसी र कमला केसी नन्दकला सुनारलाई पनि सदस्यमा चयन गरेको छन।

भेलामा बागचौर नगरपालिका नगरका प्रवक्ता तथा शिक्षा समिति सदस्य एवम् २ नं. वडाका अध्यक्ष दिपेश डिसीको प्रमुख आतिथ्यता बैठक सम्पन्न भएको थियो भने उक्त भेला को सहजीकरण प्रधानाध्यापक प्रेम भण्डारी ले गर्नु भएको थियोे ।