बागचौर नगरपालिकाले आज वडा नं. ३ मा योजनाहरु वडामै एकिकृत रुपमा सम्झौता गर्ने काम गरेको छ ।
वडास्तरबाटै योजना सम्झौता गर्ने कार्य बाट वडाका नागरिकले पहिले नगरपालिका सम्म पुग्नुपर्ने बाध्यता र सास्ती बाट मुक्ति पाएका छन ।
नगरपालिकाले योजना सम्झौता मात्र नभई स्थानीय बैंकसँग सहकार्य गरेर स्थानीयस्तरबाटै खाता खोल्ने व्यवस्थासमेत मिलाएको छ । वडा स्तरबाटै योजना सम्झौता गर्दा सम्बन्धित वडाका उपभोक्ता समितिमा बसेका पदाधिकारी वडाबासीलाई धेरै राहत भएको छ ।
नगरपालिकाले आज वडा नं. ३ मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी , याेजना शाखाका कर्मचारी लगाएत वडाका जनप्रतिनिधि, वडा सचिव र प्राबिधिक कर्मचारी, बैंकका कर्मचारीकाे उपस्थितिमा १७ वटा याेजनाहरुकाे सम्झौता गर्ने कार्य र बैंक खाता खाेल्ने कार्य सम्पन्न गरेको हाे ।