सल्यान पुष २ ,सल्यानमा वृहत साँस्कृतिक मोहत्सव लाग्ने भएको छ।
 
पौष १३गते देखि २३गते सम्म नेपाल घरेलु तथा सान उद्योग महासंघ जिल्ला शाखा,सल्यानको आयोजनामा बृहत सल्यान लघु घरेलु उद्योग कृषि, पशु , पर्यटन तथा साँस्कृतिक मोहत्सव सल्यान श्रीनगरमा लग्ने भएको हो ।

 मोहत्सवमा  सल्यान जिल्ला लगाएत छिमेकी जिल्लाका किसानले  उत्पादन गरेका वस्तु प्रदर्शन गर्न पाउने भएका छन आयोजकका अनुसार उत्कृष्ट उत्पादनलाई पुरस्कृत गरिने भएको छ ।मोहत्सवमा राष्ट्रिय स्थानीय स्तरका थुप्रै कलाकारको प्रस्तुतिको रहने भएको छ ।

गाउँ घरमा उत्पादित स्थानीय उत्पादनको प्रचार(प्रसार गर्ने मुख्य उदेश्य रहेको आयोजकले बताएको छ ।मोहत्सवलाई करिब ५०हजारले अवलोकन गर्ने र१ कराेड बराबर कारोबार हुने लक्ष्य आयोजकले लिएको छ।२सय देखि २सय ५०सम्म स्टल,पिङ लगाएताका मनोरञ्जनात्मक सामाग्री पनि राखिने भएको छ।मोहत्सव अवलोकन गर्नको लागि रु१०० शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ।