सल्यान मङ्सिर १८

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता बागचौर नगरपालिका वडा न ४ को लौराबाङमा एक कार्यक्रमका बीच आज उद्घाटन भएको छ ।

स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागी खेलकुद , भन्ने मुल नाराका साथ मंसिर पुर्णिामाको अबसरमा आयोजित कार्यक्रमको उद्घाटन बागचौर नगरपालिकाका युवा तथा खेलकुद संयोजक तथा वडा न १२ का वडा अध्यक्ष टिकाराम ओलिले ब्यानर पढेर गरेका थिए ।

खेल क्षेत्रमा स्थानिय सरकारले लगानी गर्न सके बागचौर नगरपालिकालाई राष्ट्रिय स्तरमा जिल्लालाई चिनाउन सकिने जिकिर कार्यक्रम बोल्ने बक्ताहरुले गरेका थिए।

कार्यक्रममा बागचौर नगरपालिका वडा न ४ वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत र बागचौर नगरपालिका नगर प्रबक्ता दिपेश डि.सी बिशिस्ट

अथिती,तरुण दल सल्यान क्षेत्र न १ का क्षेत्रीय सभापति कमल चन्द,ईप्रका सिमखोलिका ईन्चार्ज जयराम बुढाथोकी,जनपत्रकार सङ्गठन नेपालका
केन्द्रिय सदस्य बिरेन्द्र डि.सी,रेडियो मध्यपहाडका स्टेसन
म्यानेजर लोकमान चन्द लगायतको उपस्थिति रहेको थियो।

शारदा त्रीवेणी युवा क्लव र शारदा सामुदायिक वन उपभोक्ता समितीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रको सभाअध्यक्ष गौरिलाल पुनले गरेका थिए भने कार्यक्रमको सहजिकरन धन बहादुर पुनले गरेका थिए।