२५ भाद्र, । कर्णाली प्रदेश खेल्कुद परिषदकाे आयाेजनामा भाद्र २२ देखि २४ सम्म दैलेखमा सञ्चालन भएकाे प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएकाे छ । नवाै राष्ट्रिय खेलकुद प्रतियोगिताकाे लागि कर्णाली प्रदेश स्तरीय छनाैट प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ५ काश्य सहित सल्यानले दाेस्राे स्थान ल्याउन सफल भएकाे हाे ।
५८ केजि मुनि ताैल समुहमा याेगेन्द्र शाहले १ स्वर्ण ल्याएका छन् त्यस्तै ८७ के जि माथिकाे ताैल समूहमा सुदाम के सि निराजन के सि ले १ स्वर्ण ल्याएका छन् भने एकल कुम्से विधामा राेषन खड्किले १ स्वर्ण ल्याय ।
६३ के जि मुनि नविन वलिले १ रजत ल्याउन सफल भएका हुन भने ५ जनाले ५ काश्य प्राप्त गरेका छन् ।