भदौ २४,सल्यानकाे बागचौर नगरपालिकामा स्वास्थ्य संकट एवं विवद् पुर्व तयारी तथा प्रतिकार्य योजना, २०७९ अन्तिम मस्यौदा माथि छलफल तथा परामर्श बैठक सम्पन्न भएको छ ।

बैठकमा विपद बाट हुने मानवीय क्षति तथा प्रभाव घटाउने, विपद बाट प्रभावित हुनेहरुको संख्या, आर्थिक क्षति घटाउने, जोखिम सुसूचित विकासको अभ्यास मार्फत विकासमा गरिएको लगानीलाई सुरक्षित बनाउने लगायतका विषयहरु साथै विपद् र स्वास्थ्य सम्बन्धि ऐन, नियम, विपद् जोखिम र व्यवस्थापनको अवस्थाबारे छलफलसँगै प्रस्तुतिकरण स्वास्थ्यका लागि सक्षम प्रणालीका वरिष्ठ प्राविधिक अधिकृत हरिलाल ढकाल गर्नुभएको थियो ।

बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमको अध्यक्षता भएको कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी.वली, इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाही, बागचौर नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
USAID, स्वास्थ्यको लागि सक्षम प्रणाली र बागचौर नगरपालिकाको समन्वयमा संचालित बैठकको सहजीकरण सामाजिक विकास तथा विपद् व्यवस्थापन शाखा प्रमुख डिल्ली घर्तीले गर्नुभएको थियो ।